१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टिपर दुर्घटनामा चारको मृत्यु

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७४, आईतवार १५:१६

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ भलायवासमा आज टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु १ ख ९०३१ नं को टिपर दुर्घटना हुँदा टिपर चालक तिनाउ गाउँपालिका–६ का २७ वर्षीय पुरन सारु, उहाँका श्रीमती २४ वर्षीया बालकुमारी, पाँच वर्र्षीय छोरा हेमेस र सोही स्थानका २२ वर्षीय बिमल कनौजेकोे घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो ।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।