८ बैशाख २०८१, शनिबार
Follow Us

डीआईजी नवराज सिलवाल प्रहीको नियन्त्रणमा, प्रहरी भन्छः पक्राउ गरेको होईन

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७४, सोमबार ०६:२८

काडमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई पक्राउ गरि बयानका लागि हेडक्वाटर लगिएको छ । सर्वोच्च अदालतमा सिववालले पेश गरेको कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको आशंकामा मन्त्रिपरिषदले नेपाल प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो । मन्त्रिपरिषदको निर्देशनपछि प्रहरीले गठन गरेको छानबिन समितिले निज सिलवाललाई बयानका लागि बोलाएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई पक्राउ गरेको नभई बयानका लागि बोलाउँदा सिलवालले आफूसँग गाडी नभएको बताएपछि प्रहरीको गाडीमा राखेर ल्याईएको हो । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले पनि सिलवाललाई पक्राउ गरेको नभइ अनुसन्धानका लागि बोलाएको जानकारी दिए ।