१९ बैशाख २०८१, बुधबार
Follow Us

डीआईजी सिलवाललाई आजै थुनामुक्त गर

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७४, सोमबार ११:२९

काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा उनलाई आजै थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेशमा भनिएको छ। सिलवाल पक्राउ परेपछि अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उक्त आदेश गरेको हो।