१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री दाहालपुत्री रेणु भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७४, सोमबार ११:३४

चितवन । माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु दाहालर उपमेयरमा इश्वर सापकोटालाई उम्मेदवार बनाएको छ ।
संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजय व्यहोरेकी रेणु प्रधानमन्त्री दाहालकी जेठी छोरी हुन् । मतदाता नामावलीमा उनको नाम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा छ ।
पार्टीमा सक्रीय कार्यकर्ताको हैसियतमा काम गरिरहेकी रेणुका लागि नेकपा माओवादी चितवन जिल्ला कमिटिले पनि मेयरमा उम्मेदवार हुन योग्य उम्मेदवार ठानेको छ ।
संविधानसभा निर्वाचनका बेला रेणु काठमाडौंका जनताका घर घरमा पुगेकी थिइन् । बाबु प्रधानमन्त्री भए पनि रेणुले तल्लो तहबाटै राजनीतिमा आफ्नो सक्रियता देखाएकी छन् ।