१२ बैशाख २०८१, बुधबार
Follow Us

अविश्वास प्रस्तावको पल्लाभारी, पक्षतिर ३७० सांसद

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७३, आईतवार ०३:४१

काठमाडौं । व्यवस्थापिका संसदको भारी बहुमतले प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिँदैछ । व्यवस्थापिका–संसदको आजको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ । अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय हिजो शनिवार गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो। अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको जवाफ र निर्णयार्थ मतदान आज आइतबार हुँदैछ । नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता अविश्वास प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुको दाबी छ।
प्रस्तावमाथि छलफलपछि आइतबार हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले बताए । संसदमा १९ दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस, माओवादीसहितका दललाई जानकारी गराइसकेका छन् ।