चिरन शर्मा । लन्डन । २ वर्ष अघि आजैको दिन, वैशाख १२ गते शनिवार बिहान उठेर नेपालका समाचार हेर्दै थिएँ । नेपालमा ठूलो भूकम्प गयो भन्ने समाचार देखेँ । कति म्याग्नेच्यूटको भूकम्प गयो भन्ने स्पष्ट थिएन् । भूकम्पले के कति क्षति पु-यायो भन्ने जानकारी लिने माध्यम अनलाइन प्रोटलबाहेक मसँग अर्को विल्कप थिएन ।

सबैले आ–आफ्ना परिवारको हाल खबर बुझ्ने क्रम सुरु भयो । हामीले पनि नेपालमा रहेका आफन्तको सोधखोज गर्न थाल्यौं । समाचार धमाधम आउन थाले । भूकम्प क्षति अल्पनीय थियो । रेडियो नेपालले प्रत्यक्ष प्रसारण सुरु ग-यो, धरहरा भत्कियो भन्ने समाचार आयो । त्यसपछि झ्नझ्न काहली लाग्दा समाचार आउन थाले । पटकपटक अनलाइन समाचार रिफ्रेस गर्दै र स्थानीय एफएम रेडियो सुनेर बसियो । चितवनबाट सञ्चालित कालिका एफएमले एकै पटक ६ सय ५० जनाको मृत्य भएको खबर सुनायो ।

त्यो सुनेपछि मात्र मृत्यु हुनेको संख्या हजारौं पुग्ने अनुमान हुन थाल्यो । मन धेरै खटपट भयो । लन्डनमा रहेका सबै जनालाई फोन गरेँ । धेरैले नेपालको अवस्था बुझ्न मलाई पटकपटक फोन गर्थे । नेपाल ब्रिटेन डट कममा समाचार अपलोड गर्ने साथीहरु आफै भूकम्पपीडित थिए । घरमा बस्न मनले मानेन् ।

साथी रुपेश सिलवालको घरमा पुगें । त्यहीबाट बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीलाई फोन गरे । अब हामीले पनि केही गर्नु पर्छ, दूतावासले पहल कदमी लियोस् भनेर राजदूत क्षेत्रीलाई आग्रह गरें । उहाँ बेलायती सरकारको एउटा औपाचरिक कार्यक्रममा हुनुहुँदा रहेछ । उहाँले बेलाबेलामा टेक्ट म्यासेजमार्फत् मलाई नेपालको खबर सोध्नुहुन्थ्यो । त्यति बेला दिउँसो बेलायतको समयमा १ बजेको थियो । नेपालमा भएको क्षतिको धमाधम खबर आइरहेका थिए । उहाँले दूतावास फर्केर अन्य कर्मचारीसँग छलफल गरेर फोन गर्छु भन्नुभयो । मैले बेलायतका सबै संघसंस्थाको पहल र दूतावासको पहलमा सहयोग संकलन गर्ने काम सुरु गरिहालौं भने ।

उहाँले करिब ५ बजेतिर फोन गरेर आइतवार साँझ लन्डन दूतावासमा नेपालीहरुको भेला गर्ने जानकारी दिनुभयो । मैले तत्कालै नेपाल ब्रिटेन डट कममा समाचार पब्लिस गरे । आइतवार धेरै नेपाली दूतावासमा भेला भए । करिब १ सय जना अट्ने क्षमता भएको दूतावासको हल खचाखच भरिएको थियो । २ सय ५० जनाभन्दा बढीको उपस्थिति सभा हलमा थियो । छोटो सूचनाको आधारमा त्यति ठूलो संख्यामा नेपालीको उपस्थितले सहजै अनुमान लगाउन सकिन्थ्यो, नेपालप्रति कस्तो अगाद प्रेम रहेछ भनेर ।

धेरै नेपालीहरु जम्मा त भए, तर कार्यक्रम कस्तो बनाउने भन्ने कुनै तयारी थिएन् । सुरुमा दूतावासकै एक कर्मचारीले कार्यक्रम सञ्चालन गर्न थाले । तयारीबिनै माइक समातेका कारण उनले कार्यक्रम अगाडी बढाउन सकेनन् । कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले तपाईले धेरै मान्छे चिन्नुहुन्छ भन्दै सो कार्यक्रम सञ्चालन गर्न मलाई संकेत गर्नुभयो । मैले कार्यक्रम सञ्चालनको जिम्मा लिएँ, तर मेरो हातमा कार्यक्रमको कुनै खाका थिएन । कार्यवाहक राजदूतले सकेसम्म सबैका कुरा सुन्ने भन्नुभयो । चिन्ता, आक्रोस र दुखित् मन बोकेर जम्मा भएको सो भिडलाई समाल्न मलाई हम्मेहम्मे परेको थियो । तर निर्भक भएर कार्यक्रम सञ्चालन गरेँ । उपस्थितमध्य धेरैले आ–आफ्ना भनाइ राखे । कार्यक्रममा प्रोफेसर सूर्य सुवेदीलगायत समाजका सबै गन्यमान्ने ब्यक्तिको उपस्थित थियो । एकदुई जनाले कार्यक्रमको बीचमा माइक समातेर चर्काचर्का कुरा गरे ।

भेलाले उच्चस्तरीय समिति बनाएर अगाडी बढ्ने निर्णय ग-यो । भेलाले कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको अध्यक्षमा नेपाल बेलायत राहत तथा उद्दार उच्चस्तरीय समिति गठन ग-यो । सो समितिमा सूर्य गुरुङ, प्रोफेसर सूर्य सुवेदी, कुल आचार्य, डा. राघव धिताल, डा कपील रिजाल लगायत हुनुहुन्थ्यो । सोही भेलामै कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले २४ सै घण्टा दूतावासले भिषा दिने घोषणा गर्नु भयो । हेल्पडेक्सको स्थापना गरेर नेपालमा राहतका सामाग्री पठाउने निर्णय भयो । निकै कम जनशक्ति भएको दूतावासले आफ्नो सक्रियतालाई तीब्र पार्दै गयो । विजय थापाको सकृयतमा सोमबार बिहानैबाट दूतावासभित्र हेल्प डेक्स स्थापना भयो । धमाधम आर्थिक र भौतिक सामाग्री संकलन गर्न हुन थाले ।

तत्कालीन अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा सही सूचनाको थियो । बेलायती नेपाली समुदायलाई सुसुचित गर्ने उद्देश्यले छुट्टै अनलाइन सञ्चालन गर्ने निर्णय दूतावासले ग-यो । पत्रकार महासंघ यूकेको अध्यक्षको हैसियतले त्यसको जिम्मेवारी मैले नै लिएँ । साथी नरेश शाही र म मिलेर तीन घण्टामै समाचार प्रोटल वेभसाइट तयार परेर सोमबार साँझ दूतावास पुगेऔं । राती करिब १० बजेको थियो । त्यहाँ स्वयमसेवकसमेत जम्मा भएका थिए । हामीले सो अनलाइन प्रोटललाई कार्यबाहक राजदूतको हातबाट सुरुवात गराएका थियौं । छोटो समयमा अनलाइन सञ्चालनमा आएकोमा धेरैजना खुशी थिए । हामीले समूहिक फोटो समेत खिचायौं । फोटो फेसबुकमार्फत् सामाजिक सञ्जालमा हालियो । अनलाइन सञ्चालन भएकोमा दंग परेर खिचिएको फोटोमा मानिसहरु प्रशन्न देखिकाले हामी सबैको आलोचना भयो ।

देशमा त्यत्रा मान्छेको निधन भएका बेला दूतावासभित्र खुसियाली भन्नेसमेत टिप्पणी गरेको सुन्नमा आए । तर हामी बिचलित भएनौं । राससको सहयोगमा अंग्रेजी समाचार प्रोटल सञ्चालन भयो । दूतावासको हेल्प डेक्समा फोनका घण्टी बज्न थाले, १ हजारभन्दा बढी फोन कल आयो । नेपालमा राहत र उद्धारको काम धमाधम भइरहेको थियो । गैरआवासीय नेपाली संघले धमाधम राहत बोकेर प्रभावित क्षेत्रमा जाँदै थियो । समग्रमा नेपाल सरकार भन्दा पनि एक पाइला अगाडी सरेर दूतावासले काम थाल्यो ।

यस बीचमा एनआरएन यूकेको एक समूहले दूतावासभन्दा एनआरएनमार्फत आर्थिक संकलन गर्ने तर्क गर्न थाले । नेपाली समूदाय कहाँबाट पैसा सहयोग पठाउने भन्ने बारेमा अन्योलमा परे । तर भेलाको निर्णय बमोजिम नेपाली दूतावास लन्डनले आर्थिक संकलन समितिको संयोजक सूर्य गुरुङलाई बनाइसकिएको थियो । त्यस बीचमा निकै रस्साकसी भयो । तर संयोजक गुरुङ र कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले पछाडी नहेरेर अगाडी बढ्नु भयो । ५० लाखसम्म उठ्यो भने हुन्थ्यो भन्ने अपेक्षा थियो, तर दूतावासको खातामा करिब ७ करोड रुपैयाँ जम्मा भयो । मैले दिन दिनैजस्तो मिडियाबाट आर्थिक संकलनको क्याम्पियन गरेको थिएँ । दूतावासको पत्रले लन्डन काठमाडौं उडान गर्ने एयरलाइन्सले सित्तैमा राहत सामाग्री लगिदिएका थिए ।

दूतावासको पहलमा मात्रै करिब १० टनराहत साम्रगी नेपाल पुगेको थियो । उच्चस्तरीय समितिको निर्णय बमोजिम डा. कपिल रिजाललगायतको १७ जनाको स्वास्थ्य टोली धादिङ र गोर्खामा पुगेर शिविर चलाएको थियो । ट्राभल्स कन्स्लोका बिराज भट्टले सित्तैमा हजारै किलो राहत सामाग्री नेपाल पठाउन सहयोग गर्नुभयो । राहत तथा उद्दारमा खटिएर जानेलाई उहाँले हवाई टिकटमा बिषेश सहुलियत छुट दिनुभएको थियो ।
हेल्प डेक्टमा नेपाली हाइली स्किल माइग्रेस युकेले निकै धेरै मेहेनत गरेका थिए । नेपाल सरकारले भूकम्पपछि उत्कृष्ट काम गर्ने विदेशस्थित दूतावासको नाम निकाल्यो । २९ वटा मिसन मध्य बेलायतस्थित नेपाली दूतावास टप ५ भित्र प-यो ।
20150430-NEPAL-slide-MZDU-jumbo

महाभूकम्पका बेला हजारौ पत्रकारको घरबारबिहिन भएका थिए । यसैबीच पत्रकार महासंघले राहत कोष स्थापना गर्ने भन्दै बिदेशस्थित शाखाहरुलाई आर्थिक संकलनका लागि आब्हान गरेको थियो । महासंघको पत्र आइपुग्दासम्म बेलायतमा संकलन भएको रकम आआफ्नो माध्यबाट नेपाल पुगिसकेको थियो । धैरेले आर्थिक सहयोग गरि सकेका थिए । तर पनि केन्द्रको आग्रहअनुसार नेपाल पत्रकार महासंघ युकेको तर्फबाट आर्थिक संकलन सुरु गरेँ । करिब ५ लाख रुपैयाँ उठाउन सकिन्छ कि भनेर सुरु गरेको अभियानमा १३ लाख रुपैयाँ जम्मा भयो । भूकम्पका बेला नेपाली मिडियाको महत्व झनझन बढेको थियो ।

महासंघको पछिल्लो गतिविधिले यहाँका संघसंस्थाले निकै खुशीका साथ पत्रकार राहतकोषमा सहयोग गरेका थिए । आफ्नै सक्रियतमा संकलन गरेको सो रकम अहिले नेपाल पत्रकार महासंघको राहत कोषमा जम्मा भएको छ । नेपालमा महाभूकम्प गएपछि बेलायतस्थित नेपाली समूदायभित्र ब्यक्ति र संघसंस्थाले आर्थिक संकलन गर्ने होडबाजी नै चलेको थियो । तर, त्यसरी संकलित रकमको पादरर्शिता भने अहिलेसम्म सार्वजानिक भएको छैन् ।

देशमा परेको अकल्पिनय घट्नपछि बेलायतबासी नेपालीले देखाएको एक्यबद्धता निकै प्रशंसनीय थियो । भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा लेस्टस्क्यवर, हन्स्लो, लिभरपुर, विलस्वीचलगायतका स्थानमा प्रार्थनासभा भएका थिए । बेलायती रानीको प्रतिनिधित्व गर्दै बेलायती राजकुमार विलयम नेपाली दूतावासमा उपस्थित भएर शोकपुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए ।

(गतवर्ष नेपालब्रिटेन डट कममा प्रकाशित)