११ बैशाख २०८१, मंगलवार
Follow Us

डीआईजी सिलवालमाथि छानविन अघि नबढाउन अन्तरिम आदेश

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७४, मंगलवार १४:१०

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजबहावदुर केसीको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म आईजीपी नियुक्ति सम्बन्धी कुनै पनि प्रसंगलाई लिएर सिलवाल उपर छानविन, निलम्बन वा कुनै प्रकारको अभियोगमा मुद्दा लगाउने काम नगर्न-नगराउन सरकारलाई आदेश दिएको हो ।
आईजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै सिलवालले दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासमा सुुनुवाई हुँदैछ । सर्वोच्चको आदेशसँगै सरकारले त्यसअघि सिलवालमाथि कुनै कारवाही चलाउन नपाउने भएको हो ।
सरकारी कागज कीर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो । डीआईजीकै नेतृत्वमा बसेको छानविन समितिले सोमबार सिलवाललाई पक्राउ गरेर बयान लिने प्रयास गरेको थियो । तर, बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्चको आदेशपछि उनी छुटेका थिए ।