१३ बैशाख २०८१, बिहीबार
Follow Us

टेलिकमको कार्यालयमा फेसवुक प्रतिबन्ध !

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७४, मंगलवार १४:१२

काठमाडौं । नेपाल टेलिकमले यही वैशाखदेखि कर्मचारीलाई आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको छ । कार्यालय समयमा फेसवुक चलाउँदा सेवाग्राहीलाई असर पर्ने भन्दै यस्तो निर्णय गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
साथै, टेलिकमले वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np’ डोमेनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडैंमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रुपमा ब्राउज गर्न सकिने जानकारी दिइन् ।
आगामी आवमा ‘4G’ सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने टेलिकमले जनाएको छ । यसैबीच, कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सञ्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।