१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बढाएको शुल्क फिर्ता नलिए शैक्षिक संस्थामा तालावन्दी गरिने

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार ०५:४१

काठमाडौं । संस्थागत विद्यालयले मनोमानी ढंगले बढाएको शुल्क र अभिभावकसँग असुलेको रकम फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले उपत्यकाका तीन वटै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् । तीन दिनभित्र शुल्क घटाउन दिइएको ‘अल्टिमेटम’ संस्थागत विद्यालयले पूरा नगरेको भन्दै अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी)सहितका विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।
हिजो विरोधका कार्यक्रम घोषणा गरेका विद्यार्थी संगठनले शुल्क नघटाए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । संयुक्त विद्यार्थी संगठनले भोलि चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासन शाखा तथा पर्सी प्याव्सन/एनप्याव्सनका केन्द्रीय र जिल्ला कार्यालयमा तालाबन्दी गरिने जानकारी दिएका छन् ।