१३ बैशाख २०८१, बिहीबार
Follow Us

भावी प्रधानमन्त्री बन्न सक्छिन् आरजु देउवा

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार ०६:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवालाई प्रधानमन्त्री बनाउन सम्भव छ ? राजनीति भनेको सम्भावनाकै खेल हो । असम्भव भन्ने केही हुँदैन, त्यसैले सभापति देउवाले पार्टीमा सन्तुलन मिलाउन पत्नीलाई प्रधानमन्त्रीमा अघि सार्न सक्छन् भन्ने चर्चाले यतिबेला नेपालको राजनीति तातेको छ ।
रक्षा, भौतिक योजना तथा निर्माण र परराष्ट्र मन्त्रालयसम्म एसम्यान मन्त्री बनाएर र सत्ताको प्रमुख घटकका रुपमा राजदूतदेखि न्यायाधीशसम्म भागबण्डामा नियुक्त दिलाएर जसरी सभापति देउवा सफल भएका छन्, त्यसैगरी अव श्रीमती डा.आरजु देउवालाई प्रधानमन्त्री बनाएर पार्टी र सत्ता दुबै कब्जा गर्ने र इतिहास रच्ने मुडमा देउवा लागिपरेको विश्लेषण कांगे्रसवृत्तमा हुन थालेको छ ।
अहिले काठमाडांै आएका भारतीय विशेषदूत श्यामशरणस“ग समेत देउवाले भेटेर यस विषयमा विचार विमर्श गरिसकेका छन् । देउवा र आरजुको भेट पानीपोखरीस्थित अमेरिकी दूतावासमा तत्कालीन राजदूत जुलिया चाङ ब्लकले गराइन् र तिनको विवाहमा समेत मुख्य लमीको भूमिका उनैले निभाइन् । पहिले
देउवा पश्चिमाका मान्छे थिए, यतिबेला भारतका निकट छन् र आरजुको पश्चिमाहरुस“ग बाक्लै सम्बन्ध कायमै छ । यसकारण पनि भारत र पश्चिमा मुलुकको इन्ट्ररेष्ट मिल्ने भएकाले पनि र आरजु राणा सांसदसमेत रहेकीले उनको
प्रधानमन्त्री बन्ने चान्स धेरै हदसम्म सम्भव मानिएको बताइन्छ ।
नेपालमा यतिबेला महिलाको दिन फिरेको छ । राष्ट्रपतिमा एमाले नेतृ विद्या भण्डारी, सभामुखमा माओवादी नेतृ ओनसरी घर्ती, प्रधानन्यायाधीशमा सुशीला कार्की, सैनिक न्यायालयमा पनि महिला, दूरसञ्चार प्राधिकरणमा पनि महिला, राजदूतमा पनि महिला नियुक्त भइरहेका छन् । अव प्रधानमन्त्री हुन मात्र महिला बा“की छ र त्यसको प्रतिक्षा कांग्रेस नेतृ डा.आरजु देउवाले पूरा गर्ने संकेत आउन थालेको विश्लेषण छ ।
सभापति देउवाले यसबारेमा आफ्ना सहयोगीहरुबीच चर्चा सुरु गरिसकेको बताइन्छ । स्थानीय चुनाव दुई चरणमा हुने सरकारी निर्णयस“गै पहिलो चरणको निर्वाचनपछि आफूले राजीनामा दिने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले गरिसकेका छन् । वैशाख ३१ को निर्वाचन संघारमा आइसक्यो, कांग्रेस हाउसमा प्रधानमन्त्री र मन्त्रिमण्डलको चटारो परिसकेको देखिदैछ । सरकारमा कुन कुन दललाई समेटेर लाने, कुन कुन विभाग दिने र सरकार गठन र चुनावमा कसरी कांग्रेसलाई विजयी बनाएर पहिलो नम्बरकै पार्टी कायम राख्ने भन्ने चिन्तन पनि सुरु भइसकेको छ ।
सत्ताकै लागि माओवादीलाई समर्थन गरेर भद्र सहमति गर्ने कांग्रेसको प्रधानमन्त्री बन्ने पालो आउन लागेको छ । मुखले पहिलो चरणको निर्वाचनपछि राजीनामा दिने कुरा गरे पनि चुनाव विथोल्न जेठ १५ मा बजेट ल्याउने र जेठ ३१ मा दोश्रो चरणको निर्वाचन गर्ने कुरा सत्ताबाट आएको छ । यो विषयलाई एमालेले ठाडै इन्कार गरेको छ र साथ दिने कि नदिने भन्नेमा संविधान संशोधनको प्रष्ट खाका मागेको छ ।
प्रधानमन्त्रीले फास्ट ट्रयाकबाट संविधान संशोधन गर्ने प्रस्ताव गरेर खाका तयार गर्दैछ । सभापतिलाई व्यक्तिवादी बनेर पार्टी चलाएको आरोप पनि लागेको छ । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र देउवा गरी ३ गुटमा विभाजित नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पनि शक्ति छ । यी तमाम शक्तिलाई सन्तुलनमा ल्याएर सभापति देउवाले सत्ताको लगाम श्रीमती आरजु देउवालाई दिन सके भने उनी काविल राजनीतिज्ञमा गनिन सक्ने एकथरिको बुझाइ छ । तर अहिलेकै अवस्थामा सभापति देउवालाई यो काम फलामको चिउरा सावित हुने बताउँछन् ।
जेहोस्, चर्चा छ र ४०औं प्रधानमन्त्रीका रुपमा डा.आरजु देउवाले मौका पाइन् भने त्यो नेपालको इतिहासमा अर्को रमाइलो कालखण्ड हुने बताइन्छ ।