१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएको युरोप क्षेत्रिय बैठकको तयारी भेला सम्पन्न

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १२:५५

फ्रयाङफोर्ड । गैरआवासिय नेपाली संघ(एनआरएनए) युरोप क्षेत्रिय बैठकको तयारीका लागि गत अप्रिल २४का दिन एनआरएनए जर्मनीले जर्मनीको फ्रयाड्कफोर्ट शहरमा प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख अतिथ्यतामा महत्वपुर्ण निर्णयहरु गर्दै एक भेला सम्पन्न गरेको छ ।
एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराको अध्यक्षतामा आयोजित उक्त भेलामा एनआरएनए अन्तराष्ट्रिय समन्वय समिती (आईसीसी) का पदाधिकारीहरु संरक्षक दिल गुरुङ, उपाध्यक्ष कुमार पन्त, महासचिव वद्रि केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक, सपिला राजभण्डारी, उप संयोजक रजनी प्रधान, युरोप क्षेत्रका संयोजक कुल आचार्य, उप संयोजक द्वय दावा गेल्जे शेर्पा र प्रेम गुरुङ लगायतका केन्द्रिय पदाधिकारीहरु र राष्ट्रिय समन्वय समिती (एनसीसी) का पदाधिकारीहरुले आप्ना सल्लाह र शुझावहरु राख्नु भएको थियो । भेलामा पारित निर्णय अनुसार युरोप स्तरिय क्षेत्रिय बैठक आगामी जुलाई २९ र ३० मा फ्रयाङकफोर्ट को लिन्डनेर होटेलमा सम्पन्न हुनेछ।
क्षेत्रिय बैठक सम्पन्न गर्न प्रमुख संरक्षक जीवा लामिछानेको नेतृत्वमा आईसीसी पदाधिकारिहरु रहेको सल्लाहकार समिती, युरोप क्षेत्रका संयोजक कुल आचार्यको नेत्रीत्वमा सहसंयोजक द्वय, आई सीसी सदस्यहरु र एनसीसी अध्यक्षहरु सदस्य रहने गरि रीजनल म्यानेजमेन्ट कमिटीको गठन गर्ने प्रस्ताव पनि पारित गरिएको छ। क्षेत्रिय स्तरमा गठन गरिने अन्य कमिटीहरुमा म्यानेजमेन्ट सेक्रेटरियाट, अर्थ संकलन, अर्थ बिनियोजन तथा नियन्त्रण, इभेन्ट कोर्डिनेसन, महिला सम्मेलन, डिक्लेरेसन र सोभिनियर प्रिपरेसन कमिटी रहेका छन।
त्यस्तै गरि भेला सफल पार्न राष्ट्रिय तहमा जर्मनीका अध्यक्ष नव राज रोस्याराको अध्यक्षतामा एनसीसी पदाधिकारीहरु र लोकल कोर्डीनेसन कमिटीका पदाधिकारीहरु सदस्य रहने गरि लोकल ह्स्पिटालिटी तथा म्यानेजमेन्ट कमिटी गठन गरिएको छ।
लोकल हस्पिटालीटी एन्ड म्यानेजमेन्ट कमिटी अन्तर्गत बिभिन्न सह कमिटीहरु पनि गठन गरिनेछन् । जस अनुसार डेलिगेटस तथा गेस्ट वेलकम कमिटी, लजिस्टिक सपोर्ट, फुड एन्ड बेभरेज, एकोमोडेटेसन म्यानेजमेन्ट, कल्चर प्रोग्राम अर्गनाइजिङ कमिटी, रजिस्ट्रेसन एन्ड इन्ट्रान्स म्यानेजमेन्ट, भोलुन्टेर, टुर एन्ड साइटसिइङ, फोटो एन्ड भिडियो रिकर्डीङ कमिटी, मिडिया कोर्डिनेसन, आर्थिक र महिला कोर्डिनेसन कमिटी रहेका छन्।
क्षेत्रिय भेलामा सहभागि हुने पाहुनाहरुको व्यवस्थापनको लागि गठित लोकल हस्पिटालिटी एन्ड मेनेजमेन्ट कमिटीको एडभाइजरी बोर्ड पनि गठन गरिएको छ जस्मा जर्मनीमा बसोवास गर्दै आउनु भएका एनआरएनएका अग्रजहरु रहनेछन ।
युरोप बैठकको अवसर पारेर नेपालमा हाल निर्माणाधीन एनआरएन भवनका लागि अर्थ संकलन गर्ने निर्णय गरिएको छ। त्यस्का लागि युरोप रिजनल मिटिङका बिभिन्न स्पोन्सरसिप पार्टनरहरु निर्धारण गरिएको छ ।
जसअनुसार इभेन्ट पार्टनर १०००० युरो, प्लाटिनम पार्टनर ५००० युरो, गोल्ड पार्टनर ३००० युरो, सिल्भर पार्टनर २००० युरो, ब्रन्ज पार्टनर १००० युरो, सपोर्टर पार्टनर ५०० युरो, जनरल सपोर्टर १०० युरो देखि ५०० युरो भन्दा तल सम्म रहेका छन्। भेलाको निष्कर्श अनुसार ५०० भन्दा बढी सदस्यहरु भएका एनसिसीहरुलाई कम्तिमा १००० युरो, एक सय देखि पांच सय सम्म सदस्यहरु भएका एनसिसीहरुलाई कम्तिमा ५०० युरो, एनसिसी अध्यक्षहरुलाई कम्तिमा ५०० युरो, युरोप क्षेत्र भित्र पर्ने आईसिसी सल्लाहकारहरु र सदस्यहरु लाई कम्तिमा १००० युरो, संरक्षकहरुलाई कम्तिमा २००० युरो बरावरको योगदान गर्न अनुरोध गरिएको छ।
स्पोन्सरसिप अन्तर्गत संकलित सम्पुर्ण रकम एनआरएन भवन निर्माणमा मात्र खर्च गरिने कुराको ग्यारेन्टी गर्न र बैठक व्यवस्थापन लाई कम खर्चिलो पार्नको लागि अर्थ बिनियोजन तथा नियन्त्रण समिती गठन गरिएको छ र बिभिन्न शिर्षकहरुमा खर्च निर्धारणका सिमाहरु तोकिएका छन्।
हल व्यवस्थापनको लागि मात्र ७००० युरो, सास्कृतिक कार्यक्रमहरुको लागि १००० युरो ,स्टेसनरी तथा अफिसियल डकुमेन्टेसनमा १००० युरो , सोभिनियरमा २००० युरो, पाहुना व्यवस्थापनमा ४००० युरो र खानाको व्यवस्थापनका लागि थप स्पोन्सरहरु खोजेर खाना खर्च पनि न्यून गर्ने निर्णय गरिएको छ।
स्मरण रहोस, फ्रयाङकफोर्टमा सम्पन्न भेला बाटै अर्थ संकलन गर्न शुरु गरिएको र हाल सम्म अठतिस हजार तीन सय रकम स्पोन्सरसिप मार्फत संकलन भैसकेको छ।
— नबराज रोस्यारा