८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १५:३९

एजेन्सी । आप्रवासीलाई निकाला गर्न अस्वीकार गर्ने सहरलाई संघीय अनुदान नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा धक्का लागेको छ ।
सान फ्रान्सिस्कोस्थित संघीय न्यायाधीश विलियम ओरिकले ट्रम्पको योजना रोकिदिएका हुन् । ह्वाइट हाउसले भने यो आदेशलाई ‘बहुलट्टी’को संज्ञा दिएका छन् ।
संघीय अनुदान कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध सान फ्रान्सिस्को र सान्टा म्लोरा काउन्टीले मुद्दा हालेका थिए । त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश ओरिकले अदालतबाट अन्तिम टुङ्गो नहुँदासम्म राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भनेका छन् । अदालतको आदेशप्रति ट्रम्प प्रशासन रुष्ट बनेको छ । ह्वाइट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसले आदेश ‘बहुलठ्ठीपूर्ण’ भएको टिप्पणी गरेका हुन् ।