१२ बैशाख २०८१, बुधबार
Follow Us

स्थानिय निकायमा सँख्या थप्पे सरकारको निर्णय फिर्ता

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १५:४९

काठमाण्डौं । मधेशका जिल्लामा स्थानिय निकायमा सँख्या थप्पे सरकारको निर्णय फिर्ता लिएको छ । बुधबार साँझ संसद भवन बानेश्वरमा नेकपा एमाले र सरकार बीच भएको वार्ता पछि सो निर्णय लिन सरकार राजी भएको हो । सहमति पछि एमाले संसद चल्न दिने भएको छ ।

यसै बीच सरकारले स्थानीय तहको गाविसहरु हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले रुकुम जिल्लाका ११ वटा गाविसहरु ५ नम्बर प्रदेशमा र बाँकी ६ मा गाभ्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै नवलपरासीको त्रिवेणी गाविसको ६ र ७ वडालाई विनय गाविसमा गाभेर ४ नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ ।