७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेले काठमाडौं मेयरमा क–कसको नाम सिफारिस ग-यो

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १५:५२

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर उम्मेद्वारका लागि ५ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटीले जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम सिफारिस गरेको हो । चर्चामा रहेपनि पूर्वमेयर केशव स्थापितको नाम भने सिफारिस गरिएको छैन ।
श्रेष्ठ एमाले केन्द्रीय कमिटी सदस्य, खेलकुद परिषद्का पूर्वसदस्य सचिव र काठमाडौं महानगरपालिकाका पूर्व वडा अध्यक्ष हुन् । शाक्य एमाले काठमाडौंका सचिव र दुई पटक वडा अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । मैनाली काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, मानन्धर अनेरास्ववियुका पूर्व महासचिव र रिजाल विद्यार्थी राजनीतिबाट आएकी नेतृ हुन् ।
स्थायी कमिटीले सिफारिस बाहेकलाई पनि उम्मेद्वार बनाउन सक्ने भएकाले स्थापित र अधिकारकर्मी गौरी प्रधानको नाम पनि चर्चामा छ । एमालेले महानगरपालिकाको उपमेयरका लागि सुजिता शाक्य, शान्ति अधिकारी, रत्ना गुरुङ, विद्या न्यौपाने र श्याम भण्डारीलाई सिफारिस गरेको छ ।