८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रिय जनता पार्टी (राजपा) को नाम परिवर्तन

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १६:०३

काठमाडौं । पार्टी एकता भएको एकसाता नबित्दै राष्ट्रिय जनता पार्टीले नाम परिवर्तन गरेको छ । निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’ यसअघि नै दर्ता भइसकेको पाइएपछि उनीहरुले उक्त पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल, हुने भएको छ । संसदमा रहेका छ दलबीच एकीकरण गरी राष्ट्रिय जनता पार्टी, नेपाल बनाएको र त्यसको चुनाव चिन्ह छाता रहेको आयोगलाई जानकारी दिँदै उनीहरुले त्यसको अधिकारिकता माग गरेका छन् ।
मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना बढेको छ । यससँगै राजपा नेपाल बैशाख ३१ मा हुने पहिलो चरणमा सहभागी हुने सम्भावना टर्दै गएको हो । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि आफूहरु पहिलो चरणको चुनावमा सहभागी हुने सम्भावना नरहेको बताए । उनले भने, दल दर्ता नै भएको छैन, कसरी सहभागिता होला र पहिलो चरणको चुनावमा ।’