७ बैशाख २०८१, शुक्रबार
Follow Us

रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १६:०८

काठमाडौं । सरकारले नवलपरासी र रुकुममा २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारले रुकुमको सिस्ने र उत्तर गंगासहित ११ गाविसलाई ५ नं प्रदेशमा गाभ्ने निर्णय गरेसँगै दु्ई नवलपरासी र रुकुममा समेत निर्वाचन दुई चरणमा हुने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद बैठकमा सरकारले नवलपरासीको ४ नंम्बर प्रदेशमा परेका क्षेत्रमा आउँदो बैशाख ३१ गते नै निर्वाचन गर्ने निर्णय लिएको छ ।
नवलपरासीमा दाउन्ने खोलाको वारी पर्ने ४ नम्बर र पारी पर्ने ५ नम्बर प्रदेशमा सरकारले वैशाख ३१ गते निर्वाचन गर्दैछ । त्यस्तै, प्रदेश ५ मा जेठ ३१ मा निर्वाचन गर्ने निर्णय लिएको सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले बताए । त्यसैगरि बैठकले तोकिएकै मितिमा निर्वाचन हुनेमा विश्वस्त रहन सबैलाई आग्रह समेत गरेको छ ।