१२ बैशाख २०८१, बुधबार
Follow Us

सरकारले निर्वाचनको आवरणमा पहाड र तराई छुट्याउन खोज्योः ओली

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७४, बिहीबार १२:४१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनको आवरणमा पहाड र तराई छुट्याउन खोजेको आरोप लगाएका छन् । एमाले प्रचार विभाग भेलाको आज पार्टी मुख्यालय धुम्बाराहीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले निर्वाचनको आवरणमा सरकारले हचुवाको भरमा संबिधान संशोधन प्रस्ताव ल्याएर, स्थानीय तहको संख्या बढाउन खोजेर तथा सिमाङ्कन हेरफेर गरेर पहाड र तराई टुक्र्याउन खोजेको आरोप लगाएका हुन् ।
बजेट ल्याएर दोस्रो चरणको निर्वाचन गर्ने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका ओलीले संविधान संशोधन प्रस्ताव पारित हुन नदिइने पनि दोहो-याएका थिए । डिआइजी नवराज सिलवालसँग सम्बन्धित प्रकरणको बचाउ गरेका ओलीले सरकारले नै कीर्ते गरेर उनलाई फसाउन खोजेको आरोप लगाए । सरकार र सत्तारुढ दलले एमालेबिरुद्ध फैलाइरहेको भ्रम चिर्ने गरी निर्वाचनको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका ओलीले एमालेले मात्रै देशलाई निकास र विकास दिने दावी पनि गरेका थिए ।