१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदूत डा. सुवेदीद्धारा आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७४, बिहीबार १६:०९

लन्डन। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन । डा. सुवेदीले बिहीवार अपरान्ह राष्ट्रपति प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन । यसअघि डा. सुवेदीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि गैरआवासीय राजदूतको रुपमा नियुक्ती गरेकी थिइन् ।

डा. सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रपति माइकल डी हिङग्नसको ब्यक्तिगत सुख र सुस्वाथ्यका तथा बेलायती जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको सन्देश र प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको तर्फबाट पठाएको शुभेच्छा तथा शुभकामना प्रस्तुत गरेका थिए ।
राष्ट्रपतिले राजदूतको सफलताको लागि शुभकामना दिदैं डा. सुवेदीको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धलाई सुदृढ र समधुर बनाउने विश्वास व्यक्त गरेका थिए ।

18194213_10155290433248140_2180637407503803843_n