१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमालेको घोषणापत्र भोलि

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७४, शुक्रबार ०६:२४

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र भोलि सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेका स्थायी कमिटीको बैठकमा घोषणापत्रको अन्तिम मस्यौदा र महानगरहरुका उम्मेदवार चयनका विषयमा छलफल भएको सो पार्टीले जनाएको छ । बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने सरकारको निर्णयका सम्बन्धमा पनि छलफल भएको थियो ।
पार्टीका सचिव एवम् केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले अधिकांश प्रदेशका स्थानीय तहमा उम्मेदवार सिफारिस र तय भइसकेको बताउँदै घोषणापत्र चाँडै जारी हुने बताउनुभयो । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।