१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ललितपुरबाट एमालेले को कसलाई उम्मेदवार बनाउँदैछ ?

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७४, शुक्रबार ०६:३४

काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले ललितपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सेनाले जानकारी गराउनुभयो ।
उहाँकाअनुसार ललितपुर महानगरपालिका प्रमुखमा हरिकृष्ण व्यञ्जनकार तथा उपप्रमुखमा उषा बज्राचार्य, रमा आचार्य, सरस्वती खड्का र सुकुमाया तामाङको नाम सिफारिस गरिएको छ ।
त्यस्तै गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मीठाराम केसी, रघुनाथ महर्जन र श्यामकृष्ण सिलवाल तथा उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल र सरिता केसी र महालक्ष्मी नगरपालिकाको प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, हरिगोविन्द श्रेष्ठ, सूर्यबहादुर थापा र शैलेन्द्र तथा उपप्रमुखमा निर्मला केसीको नाम सिफरिस गरिएको प्रचार विभाग प्रमुख तिमिल्सेनाले बताउनुभयो ।
यसैगरी महाँकाल गाउँपालिकाको अध्यक्षमा नवराज महत र रामचन्द्र दाहाल, उपाध्यक्षमा कमला तामाङ, वाग्मती गाउँपालिकाको अध्यक्षमा दुर्गा घिमिरे, उपाध्यक्षमा डोल्मा स्याङ्तान तथा कन्ज्योस्योम गाउँपालिकाको अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा सुस्मिता दुलाल घिमिरे, विष्णु तामाङ, मिनुकुमारी घिमिरे हुमागार्इं र राधा न्यौपानेको नाम सिफारिस गरिएको एमाले ललितपुरले जनाएको छ ।