July 4, 2020
10:21 PM | 3:06 AM

आगलागीमा ६० घर जलेर नष्ट

  29th April 2017 मा प्रकाशित

खजुरा । जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ । एक्कासि भएको आगलागीले फुसले छाएको करिब ६० कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । त्यहाँका स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षति विवरण पूर्ण रुपमा नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया