१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमाले कार्यकर्ताद्वारा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार १४:०८

मेलम्ची । नेकपा (एमाले) सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आज आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । एमाले स्थायी कमिटीले आज मेलम्ची नगरपालिकाको प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् ।
मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इं, बालकृष्ण देउजालाई केन्द्रमा सिफारिस गरिएको थियो । तर एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिनुभयो ।
प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावना विपरीत निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् । हरेक क्षेत्रमा पार्टीले एउटै व्यक्तिलाई मात्र सिफारिस गर्ने गरेको भन्दै करिब २०० जना कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।