August 11, 2020
10:21 PM | 3:06 AM

एक किलो सुनसहित तीन पक्राउ

  29/04/2017 मा प्रकाशित

सुरुङ्गा । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।
सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया