१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन नमिल्ने

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार १५:०१

काठमाडौं । निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा पर्ने गरि नयाँ आर्थिक बर्षको बजेट ल्याउन नमिल्ने निस्कर्ष निकालेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवको अध्यक्षतमा शनिवार बसेको बैठकले जेठ ३१ गतेसम्म नै निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसबीचमा सरकारका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन नहुने निस्कर्ष निकालेको हो ।
दोस्रो चरणको निर्वाचन हुनुअघि निर्धारित जेठ १५ गते बजेट ल्याइँदा आचार संहिता उलग्घन हुने भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
दुई चरणको निर्वाचनको विचमा बजेट ल्याउदा त्यसले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने भएकाले सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनको विचमा बजेट ल्याउदा निर्वाचन प्रभावित हुने भन्दै प्रमुख प्रतिपक्षि एमालेले केही दिन अघि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो ।
संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सरकारले अर्को आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नु पर्नेहुन्छ । तर निर्वाचन दुई चरणमा हुने भएकाले सरकारले चुनाव सकेपछि मात्रै नयाँ आर्थिक वर्षको बजेट ल्याउने गरी दलहरुसँग सहमतिको प्रयास थालेको छ ।