७ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार १५:०७

काठमाडौं । सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता भएको छ । संसद सचिवालय सिंहदरबारमा सबैभन्दा बढी संशोधन नेकपा एमालेले २१ ओटा, नेपाल मजदुर किसान पार्टीले २ ओटा र मालेले एकओटा दर्ता गराएका छन् । सरकारले गत सोमबार संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको थियो ।
संसद नियमावलीको नियम १२२ अनुसार संसदमा प्रस्तुत् विधेयकमाथि सैद्धान्तिक छलफलमात्रै हुनेछ । त्यसपछि संसद नियमावली १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् । संशोधन पेस गर्न चाहने कुनै सांसदले विधेयकमाथि छलफल सकिएको ७२ घन्टाभित्र संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । उक्त संशोधनको बुँदा सांसदहरुलाई उपलब्ध गराइनेछ ।
संविधान संशोधन विधेयकको धारा वा उपधारा वा त्यसमा प्रस्तुत् भएको संशोधनलाई सभामुखले एक/एक गरी बैठकमा प्रस्तुत् गर्नुपर्ने हुन्छ । ‘संविधान संशोधनसम्बन्धी विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव संसदमा तत्काल कायम रहेका कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित हुनेछ ।‘संविधान संशोधन गर्ने विधेयक पारित गरियोस्’ भन्ने प्रस्तावमा संसदको मत विभाजनद्वारा निर्णय लिइनेछ ।