१२ बैशाख २०८१, बुधबार
Follow Us

नाइजेरियामा नेपालको पर्यटन र संस्कृती सम्बन्धि बृत चित्र प्रदर्शन

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार २१:५६

लेगोस , नाइजेरिया ।
“अफ्रो एसियन कमुनिटि इनिसिएटिभ फर डेभलोपमेन्ट ” द्वारा लेगोस , नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको सस्कृती र पर्यटनमाथी आज एनआरएनए नाइजेरियाद्वारा एक बिशेष प्रसुस्ती गरियो । एनआरएनएको अथिती देबो भव अन्तरास्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य दृश्य प्रस्तुति अफ्रीकन , भारतिय र अन्य एसियन दर्शक माझ प्रस्तुत गरिएको थियो ।
एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियन सस्कृतीकै केन्द्र बिन्दु भएको , भगवान बुद्धको जन्मस्थान र सर्बोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिम शृङ्खला भएको सुन्दर देश रहेकोले अफ्रिकन र यहाँ स्थित आप्रवासी समुदायलाई एक पटक नेपाल घुम्न आमन्त्रण गर्नु भयो ।
कार्यक्रममा एनआरएनएका अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा , आइसिसी सदस्य चिरन्जिबी रोका , एनसीसी नाइजेरियाका प्रबक्ता रोहित भाङ्गर लगाएत सदस्यहरुको सहाभागिता रहेको थियो ।