७ बैशाख २०८१, शुक्रबार
Follow Us

रेडिंगमा बेलायती सांसदसंग अन्तरक्रिया हुने

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७४, शनिबार २२:२४

बेलायत को रेडिंग मा बेलायती सांसद रब विल्सनसंग अन्तरक्रिया हुने भएको छ। २००५ देखि रेडिंग इस्टबाट निर्बाचित कन्जरभेटिभ पार्टीका सांसद विल्सनसंग वर्तमान राजनीतिक परिवेश, नेपालीहरुको समस्या, आगामी जून ८ माहुने निर्बाचनको बिषयमा छलफल हुने आयोजक महेश हरि आचार्यले जनाएका छन्।

युवाहरुको सक्रियतामा अप्रिल ३० आइतबार ४ बजे देखि ६ बजे सम्म रेडिंगको पाकिस्तानी हलमा हुन लागेको उक्त कार्यक्रममा सांसद विल्सनले बिगत १२ वर्षमा आफुले गरेका कामको समिक्षाको साथ साथै आगामी निर्बाचनमा आफ्नो उमेदवारीको बारेमा नेपालीहरुलाई जानकारी दिने छन्।

बेलायतको अदालतले हालै नेपालमा रहेका पूर्व गोरखाका छोराछोरीलाई युके आउने बाटो खोलिदिएको छ र सो बिषयमा पनि छलफल हुने कार्यक्रम संयोजक भरत पौड्यालले जानकारी दिए।