१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसद बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार ०७:५०

काठमाडौं । संविधान संशोधनको कार्यसूचीमा प्रवेश नगरी संसद बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ । सरकारले संसदमा पेस गरेको संविधानको दोस्रो संसोधन विधेयकमाथि आजको बैठकमा छलफल हुने कार्यसुचि थियो । पछिल्लो कार्यसूचिभन्दा अब चार दिनपछि धकेलिएको छ । अब १९ गते उम्मेदवार दर्ता भएपछि मात्र संविधान संशोधन प्रकृया अघि बढ्ने भएको छ ।
सरकारले संसदमा पेस गरेको संविधानको दोस्रो संसोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । सरकारले फास्ट ट्रयाकबाट पारित गराउने प्रयास गरिरहेको संविधान संशोधन विधेयकमा सत्ता गठबन्धन र मधेसी मोर्चाका पाँच सांसदको संयुक्त, एमालेका करिब तीन दर्जन, नेमकिपा र मालेका सबै सांसद र साना दलका सांसदले छुट्टाछुट्टै ५० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
एकीकृत प्रस्ताव बनाएर एकैसाथ छलफल गर्ने संसद सचिवालयको तयारी छ । संसद नियमावली अनुसार संसद्ले एकीकृत संशोधन तयार गरी सीधै संसदा छलफल गराउने वा छुट्टै समिति गठन गरेर जान सकिनेछ । संशोधनका धाराहरू बहुमतले र विधेयक दुई तिहाइ मतले पारित गर्ने कार्यसुचि छ ।’ संसद्को हाल कायम संख्या ५ सय ९३ मा विधेयक पारित हुन ३ सय ९६ मत चाहिन्छ ।