१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुडान घोटाला सम्बन्धी मुद्दाको फैसला आउँदै

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार ०७:५५

काठमाडौं । बहुचर्चित सुडान घोटाला सम्बन्धी मुद्दा दायर भएको पाँच वर्षपछि सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । नेपाल प्रहरीका तीन पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी र २ ठेकेदार संलग्न रहेको भनिएको सुडान घोटाला मुद्दाको आज किनारा लगाउन लागेको हो ।
प्रधानन्यायधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फैसला गर्न लागेको हो द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा कार्यरत नेपाल प्रहरीका फर्म्ड पुलिस युनिटका लागि चाहिने ‘आर्म्ड पर्सनल क्यारियर खरिदमा करिब २९ करोड रूपैयाँ घोटाला भएको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई हजार ६८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी ‘एस्योर्ड रिस्क’बिरुद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएको ५ वर्षपछि फैसला हुनैलाग्दा त्यतिवेला बहालमा रहेका आरोपितमध्ये १ दर्जन बढीले अवकास पाइसकेका छन् । तत्कालीन सरकारले उक्त घोटालामा तत्कालीन महानिरीक्षक रमेशचन्द ठकुरी मुछिएसँगै बर्खास्त गरेको थियो । अख्तियारले २८ करोड ८१ लाख रूपैयाँ घोटाला भएको दावीसहित मुद्दा दायर गरेकोमा विशेष अदालतले एपीसी खरिदमा २८ करोड ४१ लाख अनियमितता भएको ठहर गरेको थियो ।