१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेको ९० प्रतिशत उम्मेदवारको टुंगो

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार ०८:०१

काठमाडौं । एमालेले पार्टीका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ । स्थायी कमिटीको शनिबार साँझ बसेको बैठकले ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवारको निर्णय भइसकेको एमाले सचिव योगेश भट्टराई जानकारी दिए ।
प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको र भोलिसम्ममा त्यसलाई टुंगो लगाइने उनले बताए । एमालेले सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा भने सबै उम्मेदारको टुंगो लगाएको छ । एमालेले स्थानीय निर्वाचनको घोषणा–पत्रलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यलयमा सार्वजनिक गर्ने भएको छ ।