१३ बैशाख २०८१, बिहीबार
Follow Us

संशोधनमा दुई तिहाई नपुग्ने भएपछि सरकार चार दिन पछि हट्यो

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार ०९:४६

काठमाडौं । संविधान संशोधनको प्रस्तावमाथि व्यवस्थापिका संसदमा २१ गतेबाट मात्र छलफल हुने भएको छ । आजको संसद बैठकमा प्रक्रिया अगाडि बढाएर संशोधन विधेयक पारित गर्ने सरकारको तयारी थियो । तर, प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने निश्चित नभएपछि सरकार छलफल गराउने प्रस्तावबाट एकाएक पछाडी हटेको हो । पूर्वसांसद नथुनीसिंह दनुवारप्रति शोक प्रस्ताव पारित भएपछि सभामुख ओनसरी घर्तीले बैठक २१ गतेसम्मका लागि स्थगित गरेकी हुन् । बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि १९ गते मनोनय दर्ताको कार्यक्रम रहेकाले एक दिन जाने र एक दिन आउने समय छुट्याउनु परेका कारण बैठक २१ गतेका लागि सारिएको बताइएको छ ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संशोधनको पक्षमा मतदान गर्न र अनिवार्य उपस्थितिका लागि सांसद्लाई ‘ह्विप’ जारी गरेको हो । संसद्को चौथो ठूलो शक्ति राप्रपाका ३७ सदस्य छन् ।
पार्टी एकीकरण भएपछि पार्टीका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो । संसदीय दलको बैठकमा राप्रपाका अन्य १० सांसद किन उपस्थित भएनन भन्ने विषयमा खोजिनिधि भएको थियो । सम्भवतः उनीहरु संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएपछि संसदको बैठक चार दिन पर सारिएको बताइन्छ ।आइतबारको संसदीय दलको बैठकले आफ्ना सासद संविधान संशोधनको विपक्षमा नजाउन भनेर ह्वीप जारी गरेको छ ।