११ बैशाख २०८१, मंगलवार
Follow Us

निजी अस्पतालको पक्षपोषणमा सरकारी चिकित्सक

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार ०९:४८

ललितपुर । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी चिकित्सकले नै निजी अस्पतालको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । ललितपुरमा आज क्यान्सर उपचारको मापदण्डसम्बन्धी कार्यशाला शुभारम्भ गर्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयले सबै सहयोग गर्दा पनि सरकारी अस्पतालका चिकित्सकले आफ्नो सेवा सुधारभन्दा निजी अस्पताललाई बढी प्रोत्साहित गरिरहेको आरोप लगाएका हुन् ।
निजीमा बढी समय दिने र विरामीलाई पनि उतै बोलाउने चिकित्सकको प्रबृत्तिका कारण सरकारी अस्पतालबाट आम नागरिकले गुणस्तरीय सेवा पाउन नसकेको मन्त्री थापाको भनाइ थियो ।