७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार १२:२५

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ । कांग्रेस र माओवादीका दुई सय ४९ सांसदको हस्ताक्षर सहित प्रस्ताव दर्ता गरिएको हो । संसदमा दर्ता गरिएको प्रस्तावको मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् ।
प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारी अधिकार हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको लगायत आरोप लगाईएको छ ।

के-के छन् अभियोग ?
महाअभियोगका प्रस्तावक मीन विश्वकर्माका अनुसार कार्कीमाथिको पहिलो अभियोग कार्यकारी अधिकारीमाथि हस्तक्षेप गरेको लगाइएको छ । डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गरेपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै सर्वोच्चको फैसलाले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको थियो ।
यो फैसला आएसँगै कार्कीमाथि महाअभियोग लगाउनेबारे कांग्रेसमा बहस भएको खबरहरु आएको थियो । कार्कीमाथि लागेको अर्को आरोप हो, कार्यसम्पादन क्षमताको अभाव । यस्तै व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गरेको, न्यायाधीशहरुमाथि फरक-फरक व्यवहार गरेको र न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग पनि प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको छ ।
sushila-karki-mahaaviyog