१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुशीलामाथि महाभियोग लगाइएपछि सत्तारुढ दलबाटै आपत्ती

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार १२:३८

काठमाडौ । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिश सुशिला कार्कीमाथि लगाएको महाअभियोगप्रति उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । उनले आफ्नो ट्वीटमार्फत भनेका छन्, ‘प्रधानन्यायाधिश सुशिला कार्की विरुद्ध काँग्रेस र माओवादी केन्द्रले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्पूर्ण तथा र न्यायिध स्वतन्त्रतामाथि गम्भीर आक्रमण हो ।’
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भनेको छ । साथै उसले महाअभियोग प्रस्तावलाई ससदमा असफल बनाउने दाबी गरेको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले लोकतन्त्रवादीहरुले यो स्वीकार गर्न नसक्ने बताए ।