१३ बैशाख २०८१, बिहीबार
Follow Us

महाअभियोगमा नक्कली हस्ताक्षर प्रयोग भएपछि गृहमन्त्रीद्वारा राजीनामा

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार १४:०२

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएका हुन् । गृहमन्त्रीका कानुनी सल्लाहकार अरुण पञ्जियारले मन्त्री निधिले राजीनामा दिएको पुष्टि गरे । राजीनामा दिनुको कारण बाहिर नल्याए पनि पार्टीभित्र सल्लाह नगरी प्रधानन्यायाधीशलाई महाअभियोग लगाएका कारण मन्त्री निधिले राजीनामा दिएको हुनसक्छे सल्लाहकार पञ्जियारले बताए ।
प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा आफ्नो नक्कली हस्ताक्षर प्रयोग भएकाले राजीनामा दिएको बताइएको छ । गृहमन्त्रीकै नक्कली हस्ताक्षर प्रयोग हुन थालेपछि अरुको के हविगत भयो होला भन्दै महाअभियोग प्रस्तावमा आफूले हस्ताक्षर नगरेको समेत बताइएको छ ।