१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुडान घोटाल प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७४, आईतवार १४:१३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ। ६ वर्षअघि ३३ करोड रुपैयाँ घोटाला गरेको सुडान कान्डमाथि सर्वोच्चले आइतबार फैसला सुनाएको हो ।
प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्वर श्रेष्ठको इजालसले पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणलाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो ।
पूर्व डिआइजी श्यामसिंह थापा र पूर्व अतिरिक्त महानिरीक्षक दीपकसिंह थाङ्देनलाई १ वर्ष कैद ४० हजार जरिवानाको फैसला सुनाएको छ । यसैगरी पूर्व अतिरिक्त महानिरीक्षक दीपक कुमार श्रेष्ठ र डिआइजी रवीप्रताव राणालाई ६ महिना कैद र ३० हजार जरिवानाको फैसला सुनाइएको छ।