१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डा.केसीको समर्थनमा जेनेभामा गरिने प्रदर्शन स्थगित

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७३, आईतवार २०:५६

स्विजरल्याण्ड । नेपाली राजनीतिमा देखिएको बेथितीका कारण डा. केसीले पटक पटक आमरण अनसन गर्नुपरे पनि सरकार र राजनीति क्षेत्र संवेदशील नभएको भन्दै स्विजरल्याण्डमा रहेका नेपालिहरुले जेनेभाको रास्ट्र संघ अगाडी मंगलबार साँझ ५ बजे गरिने भनेको बृहत प्रदर्शन कार्यक्रम स्थगित भएको छ ।

स्वास्थ्य शिक्षा विकृति हटाउन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशन बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आईतबार सहमति भएपछि उक्त प्रदर्शन कार्यक्रम बन्द गरिएको आयोजक मध्ये का एक संयोजक तथा पत्रकार ददि सापकोटाले बताउनु भएको छ ।

चिकित्सा क्षेत्रमा बढ्दै गरेको वेथिती र भ्रष्टचार विरुद्ध आवाज उठाउँदै आएका केसीको माग चाँडो भन्दा चाँडो सम्बोधन गरि फेरि अनशन बस्न नपर्ने वातावरणको सृजना नगरेर उल्टो ब्यवास्ता गरिदै आएको र उनको स्वास्थ्य नाजुक बन्दा समेत राज्यले सम्बोधन नगरेको तथा समस्या समाधानका लागि पहल समेत नगरेकोले नेपाल सरकार र राष्ट्र संघलाई दबाब दिन ददि सापकोटा र बिजय शर्मा दर्पण र श्याम सापकोटाको नेतृत्वमा बिरोध जुलुस गर्न लागिएको थियो ।

डाक्टर केसी अनसन बसेको १५ औं दिनमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती र अनशनरत डा. केसीले आईतबार सहमति पत्रमा हस्ताक्षर गरेपश्चात केसीको समर्थनमा बिरोध जुलुस स्थगित गर्नु परेको हो । डा. केसीले पछिल्लो पटक असार २६ गते अनशन सुरु गरेका थिए ।