८ बैशाख २०८१, शनिबार
Follow Us

मोना युकेले मनायो नयाँ वर्ष

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार ०८:४४

लण्डन । म्याग्देलीले नेपालबाट आएका कलाकारका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । म्याग्दी प्रवासी संघ (मोना) युकेले
फार्नब्रोस्थित वोकफाम कम्युनिटी स्कुलमा गरेको कार्यक्रममा नेपालबाट आएका गायिकाहरु लाली बुढाथोकी र गीता पाइजाले मनोरञ्जन दिलाए ।
मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष खिम शेरचनले दिएका थिए । रसमुरका काउन्सिलर एलेक्स क्राफोर्ड सो कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा मोना युकेका संरक्षक रेशम शेरचन, बेल बुढाथोकी, अमर मल्ल, बिल पुर्जा र किसन जिसीलाई सम्मान गरिएको थियो । सम्मानितका तर्फबाट शेरचनले बोलेका थिए ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयबाट स्नातक गरेका म्याग्देलीका छोराछोरीलाई सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमको संचालन महासचिव कुमार फगामीमगर र सचिव लालबहादुर पुनले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको संचालन पुष्पा पुन र कृष्ण जुग्जालीले गरेका थिए ।
कार्यक्रममा नुनु थापा, मेरिन पाइजा, दुर्गी गर्बुजा पुन, किरन चोचांगीमगर, दुर्गादेवी पुनले नृत्य र गंगा पुर्जा, किशोर पुन, लाली बुढाथोकी, गीता पाइजा, वीरबहादुर थापा, तुलचन्द्र तिलिजाले गीत प्रस्तुत गरेका थिए । धौलागिरी नौमती बाजा र नौमती बाजा र टंक शेरचनले सारंगीको धुन बजाएका थिए ।
कार्यक्रममा युकेस्थित नेपाली समुदायका अग्रजहरूकाे उपस्थिति रहेकाे थियाे ।