१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विनोद चौधरीका छोराको बिहेमा सलमान खान

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार ०९:००

काठमाडौं । उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्रीबीच विवाह भएको छ । विवाह समारोहमा उद्योगी, राजनीतिकर्मी र कलाकार लगायतको उल्लेख्य सहभागीता थियो । सो समारोहमा अभिनेता सलमान खान र शत्रुघ्‍न सिन्हा पनि उपस्थित थिए ।

विवाह समारोहमा सलमानलाई हेर्नका लागि मानिसहरको भिड नै लागेको थियो । विवाह कार्यक्रममा सलमान करिब एक घण्टा बसेका थिए । उनले विवाह समारोहमा पाहुनाहरुसँग कुराकानी पनि गरेका थिए ।

गएको बर्ष विनोद चौधरीले सलमान खानसँग विशेष कामको शिलशिलामा भेट गरेका थिए । त्यसपछि उनीहरुको सम्बन्ध घनिष्ट बन्दै गएको बताईएको छ । सलमानले विनोद चौधरीको निमन्त्रणालाई स्वीकार गर्दै वरुणको विवाह समारोहमा पुगेका हुन् ।