१५ चैत्र २०८०, बिहीबार
Follow Us

महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७४, सोमबार १६:०७

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दै आज नागरिक समाज सञ्जालले माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
‘प्रतिशोधपूर्ण महाअभियोगविरुद्ध नागरिक समाज सञ्जाल’को नेतृत्वमा निस्केको सो -यालीमा साझा पार्टी, विवेकशील नेपाली दल र नागरिक समाजलगायत प्रतिनिधिको सहभागिता थियो ।
दृढ वन सुशीला, हामी तिम्रो साथमा छौँ, न्यायपूर्ण लोकतन्त्र कायम गर, प्रतिशोधपूर्ण महाअभियोग खारेज गरियोस् भन्नेजस्ता नारा लेखिएका प्लेकार्ड बोकेर माइतीघर मण्डलाबाट सुरु भएको सो -याली बबरमहल हुँदै नयाँ बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भयो ।
सभामा अधिकारकर्मी डा रेणु राजभण्डारीले निर्भिक, निडर रुपमा न्याय सम्पादन गरिरहेकी प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गराउनु स्वतन्त्र न्यायप्रतिको हमला भएको हुँदा उक्त प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गर्नुभयो ।