१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेनीमा नेकपा (एमाले)का तर्फबाट श्रेष्ठ

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार ०६:५४

बेनी । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा (एमाले)ले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । सोमबार राति नेकपा (एमाले) म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुङ्गो लागेको नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले म्याग्दीले प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुँदै प्रदेश नं ४ को कमिटीमा सिफारिस गरेको थियो । आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसैबीच नेपाली काँग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुङ्गो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा रहेको बेनी नगरपालिकाभित्र पुरुष आठहजार पाँचसय तीन, महिला नौहजार आठसय ४२ गरी कुल १८ हजार तीनसय ४५ जना मतदाता रहेका छन् ।