१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘आईजीपी’ नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार ११:३५

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक ‘आईजीपी’ नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । वैशाख उन्नाइसदेखि जारी रहेको दैनिक पेशी सम्बन्धी सूचनामा आईजीपी नियुक्तिको मुद्दाको सुनुवाइ सर्बोच्च अदालतले स्थगितमा राखेको हो ।

यसअघि डीआईजी नवराज सिलवालले दर्ता गरेको मुद्दाको सुनुवाइ आजलाई तोकिएको थियो । डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि अर्का डीआईजी सिलवाल गत ३१ चैतमा सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले डीआईजी चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय खारेज गरेको थियो । त्यसपछि सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध पनि सिलवाल सर्वोच्च पुगेका थिए । सोही मुद्दाको सुनवाइ आजका लागि सर्बोच्च अदालतले स्थगित गरिएको हो ।