८ बैशाख २०८१, शनिबार
Follow Us

राजपाबाहेक मधेश केन्द्रित दल निर्वाचनमा सहभागी

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार ११:४२

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) बाहेक अन्य तराई केन्द्रित राजनीतिक दल पहिलो चरणको स्थानीय निर्वाचनमा सहभागी भएका छन् । मोर्चामै रहेका तराई केन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल भने संविधान संशोधन नभएसम्म निर्वाचनका कुनै प्रकृयामा भाग नलिने जनाएको छ । संबिधान संसोधन भएपछि मात्रै निर्वाचनमा सहभागि हुने उसको अडान छ ।
संघीय समाजवादी फोरमले नयाँ शक्ति नेपालसँग मिलेर पहिलो चरणको निर्वाचनका सहभागिता जनाउने भएको छ । संविधान संशोधन विधेयक पारित नभएसम्म स्थानीय निर्वाचनमा भाग नलिने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घट समाजवादी फोरमले निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ ।
आन्दोलनका माग पुरा गर्न सरकारले संबिधान संसोधनको आश्वासन दिएकाले निर्वाचनमा मनोननयन दर्ता गर्न लागेको समाजवादी फोरमले स्पष्ट पारेको छ । संघीय समाजवादी फोरमले यसअघि नै स्थानीय निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउनुका साथै पार्टीले नर्वाचन आयोगमा आधिकारिक नमुना हस्ताक्षर पनि बुझाइसकेको छ । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि पहिलो चरणको चुनावमा सहभागी हुने भएको छ । उसले पहिलो चरणको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको हो ।