१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपमेयरकै उम्मेदवारको नाम मतदाता नामावलीमा नभएपछि …

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार १५:०३

ललितपुर । माओवादी केन्द्रले ललितपुर महानगरपालिकाका लागि उपमेयरका लागि प्रस्ताव गरेको उम्मेदवारको नाम मतदाता नामावली नै नरहेको पाइएको छ । माओवादी केन्द्रले ललितपुरको उपमेयरमा मञ्जली शाक्यको नाम चयन गरेपछि उनी उम्मेदबारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी थिइन ।
तर उम्मेदबारी रुजु गर्ने क्रममा उनको नाम फेला नपरेपछि माओवादी केन्द्रले हतार हतार अर्को उम्मेदवार तय गरेको छ । उनको नाम सुचिमा नभएपछि हसिना शाक्यलाई माओवादी केन्द्रले उपमेयरमा नाम दर्ता गराएको छ ।