१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस नेतृत्वविरुद्ध कार्यकर्ताहरूको विरोध जुलुस

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार १५:१०

जुम्ला । जुम्लामा नेपाली कांगेंसका कार्यकर्ताहरूले पार्टी नेतृत्वविरुद्ध विरोध जुलुस निकालेका छन् । नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै उनिहरुले विरोध जनाएका हुन् ।
जिल्ला कार्यसमितिलाई दिइएको अधिकार अनुसार नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालीबाट सिफारिस गरे पनि केन्द्रबाट मङ्गलवार बिहानमात्रै कान्तिका सेजुवाललाई टिकट दिइएपछि विरोधकठायत पक्षले जुलुस निकालेका हुन् । असन्तुष्ट पक्षले कांग्रेस सांसद ललितजंग शाहीको घरसमेत घेराउ गरेका छन् ।