March 5, 2021
9:59 AM | 3:44 PM
ताजा खबर

वलीको गमन र प्रचण्डको आगमनको प्रसंग

  25/07/2016 मा प्रकाशित

अंगराज तिमल्सिना
अब राता-रात अरु कुनै नयाँ खेल नभएमा प्रधान मंत्री प्रचण्ड बन्ने पक्का पक्की छ। अब अर्को नौ महीनाका लागी प्रचण्डको सरकार बन्ने छ किन भने त्यसपछी देउबा बन्ने लिखित सहमती भएको छ भनिन्छ। देउबालाई प्रधान मंत्री बन्न आलटाल गरे कांग्रेस र एमाले मिलेर प्रचण्डलाई हटाउलान ।
वास्तवमा भन्ने हो भने नेपालको राजनीति सर्प, भ्यागुता र बिच्छीको जस्तो खेल देखिन्छ, कसलाई कसले क्षति पुर्याइरहेको हुन्छ भन्न नसकिने।
सरकार परिवर्तनहरु संसदीय प्रणालीमा स्वभाबीक मानिन्छन तर ९-९ महीनामा हुने परिवर्तन चाँही देशले धान्न सक्दैन ।
सबैलाई प्रधान मंत्री र मंत्री पदमा घुमाइ-फिराइ दुई-तीन चोटी पुर्याउनुले राजनीतीक संक्रमण बढाउने स्थायीत्व घटाउने कुरा बुझ्न गार्हो छैन । कांग्रेसका राम चन्द्र पौडेल ले संसदमा “अरु सबैको पालो पुगेको आफु मात्र बाँकी रहेको आशयको” भाषण दिदा यही अस्थिरताको कुरो झल्किन्थ्यो ।
बर्मा कि नेत्री आङ सान सुकी नेपाल आउँदा “यती धेरै प्रधान मंत्रीबाट घेरिएको मेरो पहिलो अनुभव हो भनेर” नेपाल धेरै प्रधान मंत्री पैदा गर्ने देश भन्ने आशयले घोचपेच गरेकी थिइन। उसो त संसदमा बोल्दा माधब नेपाल आफैले भने, “उनले पनि २२ महीना सरकार चलाएका हुन, तर उनको कुरा कसैले गर्दैन ।”
केपी वलीले प्रधान मंत्रीका हैसियतले संसदमा दिएको झण्डै दुई घण्टाको भाषण सुन्न लाएक थियो। उनले कती ठीक कुरा भने कती बेठीक, त्यतातिर नजाउ, तर उनको भाषणले भाषणकलामा पोख्त ठानिने प्रचण्ड देखिकालाई हिनता बोधले खुम्च्याई दियो ।
यसका दुई वटा कारण थिए। पहिलो, अक्सर नेपालमा ठूला नेता भए पछी रोस्टमा गएर जे ठोके पनि हुन्छ भन्ने छ तर वलीले राम्रो तयारीका साथ दलको नेता होईन कि देशको प्रधान मंत्रीको हैसियतले बोलेको प्रष्ट देखिन्थ्यो ।
दोर्सो कुरा सडक र संसदमा बोल्दा हुने भिन्नतालाई वलीको भाषणमा देखियो (जब कि भाबी प्रधान मंत्री बोल्दा चाँही भाबनामा बगेका र धेरै शब्द र भाषा सदन होईन सडकमा प्रस्तुत गर्ने खालको प्रयोग गरेका थिए । आखिर क्रान्त्रीकारी न परे! )।
सरकारको एमालेकरण वा वलीकै पार्टीका नेता माधब नेपालले सरकारको गुटकरण भन्ने आरोप लगाए बाट एमाले धेरै बेर सत्तामा टिके कांग्रेस र माओबादी दुबैलाई घाटा हुने बिश्लेषणका साथ कांग्रेस-माओबादी गठबन्धन बनेको देखिन्छ यद्यपी यसका पछाडी भारत छ भन्ने पनि छन।
नेपालको हरेक राजनीतीक परिवर्तनमा भारतको संलग्नता हुने नौलो होईन । उदाहरणका लागी संसदबादी र माओबादी बिच भएको १२ बुँदे हेरे हुन्छ, जसले दोस्रो जन-आन्दोलनको जगमा संघीय लोकतान्त्रीक नेपाल स्थापना गर्यो ।
अब बन्ने प्रचण्ड को सरकार भारत बादी छ छैन भन्ने कुरा यसका कृयाकलापले थाहा पाइने छ तर भाबी सरकारको एक प्रमुख घटकका नेता शेर बहादुर देउबाले वलीका पालामा चीन र भारत संग भएका संधी-सम्झौता पूर्ण कार्यान्वयन गर्ने बचन दिएका छन जसलाई अहिलेका लागी सकारात्मक मान्नु पर्छ।
तर नेपालका दुई जल्दा बल्दा चुनौतीहरु बिद्दमान छन । पहिलो, वलीको एमाले बिना संबिधानमा संसोधन हुन सक्दैन भने मधेसमा शान्ती नभए चुनाब हुन सक्दैन ।
एमालेलाई अलग्याएर वा पेलेर जाने स्थिती भए राजनीतिक ध्रुबिकरण बढेर चुनाबै नहुन सक्ने परीस्थिती नआउला भन्न सकिन्न । एक थरीहरु यस्तै “ग्राइन्ड डीजाएन” छ भन्ने पनि छन । त्यो सबै अर्को माघसम्म थाहा भइहाल्छ ।
अहिले केहीले वलीलाई राष्ट्रबादी नेता सत्ताबाट हटे भनेर नियास्रो मानेको अवस्था छ बिशेष गरी एमाले भित्र । वली इतिहासको एउटा यस्तो कालखण्डमा प्रधान मंत्री बनेका थिए जुन बेला नेपाली जनता बिशेष गरी नेपाली युबाको रास्ट्र, राष्ट्रीयता र रास्ट्रीय स्वाधिनता प्रतीको आस्था र अठोटको नयाँ जागरणको अवस्था थियो ।
वलीले दर्हो खुट्टा टेकेका हुन, तर भारतको अघोसित नाकाबन्दी यसको प्रमुख कारण थियो । अमेरीका देखी युरोप सम्म फैलिएका नेपालीले समेत प्रदर्शन गरेका थिए भारतको नाकाबन्दीको बिरुद्द !
जाँदा जाँदै वलीले उनको बिकास र बजेटका योजना बारेका १७ बर्ष सोधेर गए । भोली बन्ने सरकारलाई बिकास कहाँ गयो भनेर यिनै प्रश्नको राजनीतिकरण हुने छ। मनमोहन सरकारको ९ महीना पछी यस्तै प्रश्नले सडक र सदन तताएको थियो ।
समग्रमा अब देशको राजनीती धेरै ध्रुबिकृत हुन्छ कि भन्ने चिन्ता हो। एजेन्डामा सहमती गरौं तर सरकार बहुमतको बनाउ भनिएको छ। “तिमीहरुका यी एजेण्डाका कारण अबिश्वास ल्याएर हटायौं” भन्ने कांग्रेस-माओबादी र “हाम्रा रास्ट्रीयता र बिकासका अडान ठीक थिए” भन्ने एमाले बिच के सहमती बन्ला र ?
एउटा उपाए एमालेले ल्याएको बजेटमा रहेका सामाजीक सुरक्षा र पूर्बाधार निर्माणलाई कार्यान्वयन गर्ने सहमती बनाए एमालेलाई नजीक्याउन सकिएला र यसैका कारण संबिधान कार्यन्वयन आदीमा एमालेलाई सहभागी बनाउन सकिएला तर यसो गरिने सम्भाबना न्युन छ।
देश अब अझै ध्रुबिकरणतिर बढ्ने सम्भाबना देखेको छु मैले । यसको सिकार नेपालको बिकास र निर्माण हुनेछ। हेरौ दोस्रो चोटी प्रधान मंत्री हुने प्रचण्डले के गर्ने हुन। वलीले केही नभए पनि सपना त बाँडेका थिए । अस्तु!!!
तिमल्सिनाको फेसबाट लिइएको हो ।

प्रतिक्रिया