८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन हुनै लाग्दा नाटकीय ढंगले चलखेल

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७४, बुधबार १५:५३

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनका उपलब्धि जोगाउन पहिलो चरणको चुनावमा भाग लिएको बताएका छन् । काठमाडौंको तीनकुनेस्थित पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आन्दोलनबाट विचलित भएको आरोपको खण्डनसमेत गरे ।
उनले संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको स्पष्ट पारे । अध्यक्ष यादवले संविधान संशोधन हुन लाग्दा पछिल्लो साता नाटकीय ढंगले चलखेल भएको आरोपसमेत लगाए । फरक प्रसंगमा उनले आईजीपीको बहानामा प्रधानन्यायधीशमाथि लगाएको महाअभियोग गलत भन्दै फिर्ता लिन माग गरे ।