१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजशुक्रले लिए यु–ट्युबको सहारा

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७४, बुधबार १६:०४

काठमाडौं । पछिल्लो समय डिजिटल मिडिया यु–ट्युबको लोकिप्रियतासँगै संगीतकर्मीहरुलाई पनि मालामाल हुन थालेका छन् । अडियो तथा भिसिडी बिक्री नभएपनि यु–टुयुबका कारण संगीतकर्मी एवं व्यवसायिकहरु रुपमा लागि परेका छन् । र, जसबाट संगीतकर्ममा लागेकाहरुले जीवन चलाएका छन् । यसैका एक उदाहरण हुन् गायक तथा संगीतकार राजशुक्र लिम्बू ।
पेसाले राजशुक्र गायक तथा संगीतकार हुन् । तर, पछिल्लो समय उनी गायन र संगीतमा भन्दा बढी संगीत व्यवसायिकका रुपमा सक्रिय छन् । गायक÷गायिकामा यु–ट्युबको लोकप्रियतासँगै राजशुक्रले ‘मनोरञ्जन नेपाल’ नामक यु–ट्युब च्यानल सञ्चालन गदै आएका छन् । जुन च्यानलमार्फत विभिन्न संगीतकर्मीहरुको सिर्जना प्रसारण तथा प्रमोसन गर्दै आएका छन् । यसबाट उनले मात्र कमाएका छैनन्, स्रष्टालाई रोयल्टी समेत प्रदान गर्दै आएका छन् ।
आफै पनि संगीत सिर्जना र गायनमा व्यस्त रहँदै आएका राजशुक्र भन्छन्, ‘सुरुमा गायन र संगीत मात्र पेसा थियो । अहिले कम्पनीमार्फत संगीतलाई व्यवसायिक बनाएको छु ।’ राजशुक्रले संगीतलाई अँगाल्दाका दिनहरुमा प्रचारप्रसारलाई खाशै महत्व दिँदैनथिए । तर, अहिले आएर उनले प्रचारप्रसारको पनि ठूलो महत्व हुने बताउँदै उनले भने, ‘यु–ट्युब तथा फेसबुक आफैमा सामाजिक सञ्जाल (मिडिया) भएकाले प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ ।’
राजशुक्रले आफ्नै एल्बमको प्रर्वद्धन गर्ने ध्येयले कम्पनीको सुरुवात गरेका हुन्, जसले गर्दा पनि राजशुक्र नेपाली गीतसंगीतप्रति सुरुबाटै सकरात्मक रहेको बुझिन्छ भने अर्कातिर संगीतप्रतिको लगाव र मिहिनेत बुझेकाले उनले अरुको सिर्जनालाई पनि मर्न दिँदैनन् ।
एक दशकभन्दा अघिबाट भिक्टोरिया म्युजिक कम्पनी सञ्चालन गरेर आफूलाई संगीत व्यवसायिकमा क्रियाशील गराएका राजशुक्र पछिल्लो समय संगीत उत्पादक समाजको कोषाध्यक्ष रहेका छन् । उक्त संस्थामा रहेर उनले समग्र संगीतकर्मीेका उत्थान तथा हकहितका लागि काम गर्दै आएका छन् ।
गायक तथा यी संगीतकार भन्छन्, ‘पछिल्लो समय यु–ट्युबको व्यवसायिक राम्रो छ । चलेका गीतहरुको भ्युअर्स पनि राम्रै छ ।’ उनका अनुसार स्तरिय गीतसंगीतको श्रोता तथा दर्शक अहिले पनि प्रसस्त छन् । राजशुक्र भन्छन्, ‘यहाँ राम्रो गीतसंगीत भए चल्छ भन्ने केही गीतले उदाहरण दिएका छन् । त्यसैले संगीतको व्यवसायिक खस्केको भन्न मिल्दैन ।’ आफ्नो यु–ट्युब च्यानल ‘मनोरञ्जन नेपाल’ मा सबै किसिमका गीत तथा भिडियो अपलोड गर्ने गरेको उनले बताए ।