१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हसिया हतौडामा मतदान गर्न कांग्रेसी नजाने

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७४, बिहीबार १४:५७

भरतपुर । नेपाली कांग्रेसको बलियो आधार इलाका मानिएको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई बुझाएपछि स्थानीय जनता आक्रोसित भएका छन् । ३ वटा महानगरमा नेपाली कांग्रेसीले माओवादी केन्द्रसँग तालमेल निर्वाचन लड्ने निर्णय गरेको छ । काठमाडौं र पोखरा महानगरमा मेयर पदमा कांगे्रसलाई सघाउने र भरतपुरमा माओवादीको मेयरलाई कांग्रेसले सघाउने सहमति भएको छ ।
भरतपुरमा मेयरका प्रत्यासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल हुन् भने पोखरा महानगरमा कांगे्रसले मेयरको उम्मेदवार बनाएको रामजी कुँवर अर्जुननरसिंह केसीका बहिनी ज्वाइँ हुन् । यस्तै काठमाडौं महानगरमा कांगे्रसका मेयर पदका उम्मेदवार राजुराज जोशी उद्योग मन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् ।
नेपाली कांगे्रसले माओवादी केन्द्रसँग गरेको तालमेलप्रति कांगे्रस कार्यकर्ता सन्तुष्ट छैनन् । तीनवटै महानगरमा कांग्रेस बलियो हुँदाहुँदै माओवादीसँग गरिएको तालमेलले कार्यकर्तामा निराशा छाएको चितवनबाट सञ्चारकर्मी सिर्जना अर्यालले बताइन् ।
रुख चिन्हमा मात्र मतदान गर्ने आक्रोस स्थानीयले पोखेका छन् । विस्तारै आक्रोस सेलायो भने मात्र तालमेल कार्यान्वयन हुने देखिएको छ । जनयुद्धका बेला पहाडी जिल्लाबाट माओवादीले लखेटेर चितवन बसोबास गरेकाहरुको बहुमत भएकाले पनि माओवादीको चुनाव चिन्हमा हसिया हतौडामा मतदान गर्ने सम्भावना न्यून रहेको बताइन्छ ।
– सुनयना राउत