१२ बैशाख २०८१, बुधबार
Follow Us

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार ०६:३१

रुकुम । यहाँ विहिबार दिउँसो नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।
नेपाली काँग्रेसनिकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न छोजेपछि झडप भएको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिनुभयो । तर माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ ।
झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।